दफा १२
राष्ट्रिय कार्यकारी समितिको बैठक

(१) राष्ट्रिय कार्यकारी समितिको बैठक सामान्यतः वर्षको चार पटक बस्नेछ ।

(२) राष्ट्रिय कार्यकारी समितिको बैठकको अध्यक्षता राष्ट्रिय कार्यकारी समितिको अध्यक्षले गर्नेछ र निजको अनुपस्थितिमा सहप्रमुख आयुक्तले राष्ट्रिय कार्यकारी समितिको बैठकको अध्यक्षता गर्नेछ ।

(३) राष्ट्रिय कार्यकारी समितिको बैठक सम्बन्धी अन्य कार्यविधि राष्ट्रिय कार्यकारी समिति आफैंले निर्धारण गरे बमोजिम हुनेछ ।

(४) राष्ट्रिय कार्यकारी समितिका अध्यक्ष, सदस्य तथा सदस्य–सचिवले बैठकमा भाग लिए बापत पाउने बैठक भत्ता तोकिए बमोजिम हुनेछ ।